Tuesday, April 24, 2012

होसियार छाउछाउ नाखानुस !

  गत शुक्रबार चाउचाउ खाएपछि  दिक्तेल ४ की दिलमाया आचार्य र अर्की जानुका आचार्यको एकाएक बेहोस भएका थिए /  बेहोस भएका खोटाङका दुई किशोरीलाई थप उपचारका लागि मंगलबार हेलिकोप्टरमार्फत काठमाडौं लगिएको छ। स्वास्थ्यमा सुधार नभएपछि राजधानी रेफर गरिएको जिल्ला अस्पताल दिक्तेलले जनाएको छ। प्रतिगोटा १५ रुपैयाका दरले किनेर खाएको चाउचाउले १६ वर्षीया दिलमाया र जानुका बेहास् भएपछि भोलिपल्टदेखि दिक्तेलमा उपचार गराइरहेका थिए। तर, निको हुन्छ भन्दाभन्दै झन् झन् विरामी बढ्दै गएपछि थप उपचारका लागि काठमाडौ लानुपरेको दिलमायाका बाबु अग्निप्रसादले बताए।

No comments: