Thursday, December 6, 2012

भ्रष्टाचारमा नेपाल २७ अंकका साथ १ सय ३९ औं स्थानमा

ट्रान्सपरेन्सी इन्टरनेशनलले १ सय ७६ वटा राष्ट्रमा गरेको सर्वेक्षणमा नेपाल २७ अंकका साथ मुलुक मध्ये १ सय ३९ औं स्थानमा रहेको छ । बुधबार सार्वजनिक गरेको सर्वेक्षणमा भ्रष्टाचार नियन्त्रणमा हुन नसकेको प्रष्ट भएको ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले जनाएको छ । अघिल्लो वर्ष १ सय ८३ देशमा गरिएको सर्वेक्षणमा नेपाल १ सय ५४ औं स्थानमा थियो ।
अफगानिस्तान दक्षिण एशियामा सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुक छ भने भुटान कम भ्रष्टाचार हुने देश बनेको छ । ट्रान्सपरेन्सीको सूचीमा सबैभन्दा कम भ्रष्टाचार हुने देशमा डेनमार्क, फिनल्याण्ड र न्यूजील्याण्ड रहेका छन्  यी देशले समान ९० अंक पाएको  जनाएको छ।