Monday, June 4, 2012

दूरुपयोग गर्दै संसद् सवारी साधन

संविधानसभा सकिएको एकसाता भित्र सुविधा वापत लिएको सवारीसाधन फिर्ता गर्नुपर्ने प्रावधान रहेपनि अधिकांसले त्यसको दूरुपयोग गर्दै संसद् सचिवालयले प्रदान गरेको सवारी साधनमा यात्रा गरिरहेका छन् । संविधानसभा भंगभएपछि २० ओटा सवारी साधनमात्र फिर्ता आएक आएका  छन् ।


जेठ १४ मा संविधानसभा भंग भएसँगै सचिवालयले सुविधावापत लिएको सवारी साधन फिर्ता गर्न पत्राचार गरेको थियो । गाडी फिर्ता नगर्नेमा काँग्रेस संसदीयदलका नेता रामचन्द्र पौडेल, मधेशी जनाधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादब लगायतका नेताहरु रहेका छन् । त्यस्तै संवैधानिक समिति अन्तर्गत रहेका विभिन्न समितिका सभापतिहरुले पनि सुविधा वापतको गाडी फिर्ता नगरेको सचिवालयले जनाएको छ ।

No comments: