Friday, April 20, 2012

दुइतिर प्रेमको लहर

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको पछिल्लो र्सवेक्षणअनुसार किशोर-किशोरीले एकसाथ दर्ुइ जना प्रेमी वा प्रेमिका बनाउने गरेका छन् । मन्त्रालयले गरेको किशोर-किशोरी तथा युवा र्सर्वेक्षण २०११ ले १० देखि २४ वर्षउमेर समूहका युवायुवतीको एकसाथ दर्ुइजनासँग अफेयर चलिरहेको पाइएको छ ।
अध्ययनले एकसाथ डबल अफेयर चलिरहेको र सो सम्बन्ध १४ महिनाभन्दा बढी नटिक्ने गरेको देखाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.  प्रविण मिश्र नेपाली युवायुवती झूटो प्रेम गर्दै ग्ालत बाटोतर्फअग्रसर भएको बताउँछन् ।


सोही अध्ययनले ६ प्रतिशत युवा लागूऔषधमा फसेको देखाएको छ । मध्यपान गर्ने युवाहरू ३५ प्रतिशत र धूमपान गर्नेको संख्या झन्डै २६ प्रतिशत रहेको छ । झूटो प्रेममा फसेका अधिकांश युवायुवतीले मध्यपान, धूमपान र लागूऔषध प्रयोग गर्न सक्ने खतरा रहको सचिव मिश्रले टिप्पणी गरे ।
'र्सर्वेक्षणले युवाहरू ट्रयाकभन्दा बाहिर जाँदै गरेको देखिएको छ,' सचिव मिश्रले भने । मन्त्रालयअर्न्तर्गतको जनसंख्या महाशाखाले  १० देखि २४ वर्षउमेर समूहका १४ हजार ७ सय ५४ जनालाई र्सर्वेक्षण गरेको थियो । अध्ययनले नेपालको कुल जनसंख्याको एक तिहाइ हिस्सा १० देखि २४ वर्षउमेर समूहका युवाहरूले ओगटेको देखाएको छ । र्सर्वेक्षणको क्रममा देशभरका ८ हजार ९ सय ७४ घरधुरीका युवायुवतीलाई सहभागी गराइएको थियो । र्सर्वेक्षणले ८० प्रतिशत युवा तथा किशोर-किशोरी गाउँ र २० प्रतिशत सहरमा बसोवास गर्दै आएको देखाएको छ । साथै सो उमेर  समूहमा उच्च साक्षरता दर  युवाको ९५ र युवतीको ८८ प्रतिशत रहेको देखिए पनि १२ प्रतिशत युवती र ५ प्रतिशत युवा कहिल्यै विद्यालय नगएको पाइएको छ । विद्यालय गएकामध्ये पनि आर्थिक र पारिवारिक कारणले १६ प्रतिशत युवक र २२ प्रतिशत युवतीले पढाइ छोडेका छन् । र्सवेक्षणले विवाहकै कारण ३५ प्रतिशत युवतीले अध्ययन छाड्ने गरेका छन् ।
नेपालमा सो उमेर समूहका ९२ प्रतिशत युवक र ७७ प्रतिशत युवतीहरू अविवाहित रहेका छन्  । अध्ययनले विवाहको औसत उमेर युवकको १९ र युवतीको १७ देखाएको छ ।  सो अध्ययन प्रतिवेदन शुक्रबार र्सार्वजनिक गरिएको छ ।