Tuesday, April 24, 2012

राजश्व छली गर्नेहरुको विवरण ७ दिन भित्र सार्वजनिक

व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले नक्कली भ्याट बिलको प्रयोग गरी राजश्व छली गर्नेहरुको विवरण ७ दिन भित्र सार्वजनिक गर्न निर्देशन दिएको छ ।
समितिको मंगलबार बसेको समितिको बैठकले भ्याट छल्नेहरुको विवरण सार्वजनिक गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको सभापति रामकृष्ण यादवले जानकारी दिनुभयो । मन्त्रालयले वैशाख ३ गते भ्याट छलेको अभियोगमा ५ सय १८ र्फमबाट ६ सय ६० अर्ब रुपैयाँ कर निर्धारण गरेको बताएपछि भ्याट छली गर्ने र्फमहरुको नाम, उनीहरुले छलि गरेको भ्याट र तोकिएको जरिवाना लुकाएको थियो ।
लेखा समितिले भ्याट छलीका घटना दोहोरिन नदिन र भ्याट छलीको अनुसन्धानमा संलग्न कर्मचारीहरुलाई मुद्धा हेर्ने कार्यालयमा सरुवा नगर्न पनि सरकारलाई भनेको छ ।
बैठकले सामाजिक सुरक्षाका लागि विनियोजित रकम अन्यत्र नसार्न अर्थ मन्त्रालयलगायत सबै मन्त्रालयलाई निर्देशन पनि दिएको छ । चालु आर्थिक वर्षको बजेट निकासा खर्च र रकमान्तरको मन्त्रालयगत विवरण वैशाख २० गतेभित्र समितिमा पठाउन पनि अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ ।

No comments: