Saturday, February 25, 2012

घाटाको नाममा पेट्रोलिय पदार्थको फेरि मूल्यवृद्धि, एक बर्षमा आठ पटक मूल्य बढ़ो

शनिबारबाट लागु हुने गरी नेपाल आयल निगमले पेट्रोल,डिजेल,मट्टितेल र हवाई ईन्धनमा प्रति लिटर ४ रुपैयाँले वृद्धि गरेको छ । चर्को बिरोधका कारण एक महिना अगाडि वृद्धिपछि घटाइएको पेट्रोलिय पदार्थको फेरि मूल्यवृद्धि गरिएको हो ।

अब पेट्रोलको खुद्रा मूल्य प्रति लिटर १ सय १६, डिजेल र मट्टितेलको ८५ तथा हवाई इन्धनको १ सय ९ रुपैयाँ पुगेको छ । घाटा कम गर्न तथा सहज आपूर्तिका लागि मूल्यवृद्धि गरिएको निगमले जनाएको छ ।

यसअघि माघ ४ गते खाना पकाउने ग्यासमा प्रति सिसिलण्डर १ सय ७५ रुपैयाँ, पेट्रोलमा प्रति लिटर १० रुपैयाँ तथा डिजेल र मटि्टतेलमा प्रति लिटर ९ रुपैयाँको दरले मूल्यवृद्धि गरेको थियो । उक्त वृद्धिको बिरोधमा विद्यार्थी संगठनहरुले सडक तताएपछि माघ १२ गते प्रति लिटर पेट्रोलमा ३, डिजेल र मट्टितेलमा ४ तथा खाना पकाउने ग्यासमा प्रति सिलिण्डर ८५ रुपैयाँले घटाइएको थियो । खाना पकाउने ग्यासको मूल्य भने यथावत राखिएको छ . २०६८ सालको मूल्य वृद्धि तालिका


SN Date Petrol (NRs/L) Desiel (NRs/L) Kerosene (NRs/L) Aviation Fule (NRs/L) LPG ( (NRs/Cy)
1 12/11/2068 116 85 85 109
2 12/10/2068 112 81 81 100 1415
3 4/10/2068 115 85 85 100 1500
4 23/6/2068 105 76 76 100 1325
5 9/5/2068 102 75 75 100 1325
6 26/3/2068 102 73.5 73.5 100 1325
7 28/2/2068 102 68.5 68.5 100 1325
8 24/1/2068 97 68.5 68.5 100 1325


No comments: